चेल्सी वर्ल्ड स्कुलले भोटेकोशी बाढी प्रभावितका लागि ४ लाख ९५ हजार रुपैयाँ सहयोग गर्‍यो

बिजमाण्डू
२०८३ असोज २ गते ११:३७ | Sep 18, 2026
चेल्सी वर्ल्ड स्कुलले भोटेकोशी बाढी प्रभावितका लागि ४ लाख ९५ हजार रुपैयाँ सहयोग गर्‍यो


काठमाडौं। चेल्सी वर्ल्ड स्कुलले भोटेकोशी बाढी प्रभावितका लागि ४ लाख ९५ हजार रुपैयाँ सहयोग गरेको छ। स्कुलले प्रधानमन्त्री दैवी राहत कोषमा २ लाख ९४ हजार ८ सय ९० रुपैयाँ र गोकर्णेश्वर नगरपालिकाको कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो।

Vigo
GBIME
Tata

स्कुलले प्रधानमन्त्री दैवी राहत कोषमा व्यवस्थापनको तर्फबाट १ लाख ४७ हजार ४ सय ४५ रुपैयाँ र विद्यार्थी तथा अभिभावको तर्फबाट १ लाख ४७ हजार ४ सय ४५ रुपैयाँ सहयोग गरेको थियो।

‘भोटेकोशी बाढी प्रभावितका लागि केही सहयोग पुर्‍याउने उदेश्यले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका हौं। हामीले विद्यार्थीलाई समेत विपतको बेलामा सहयोग गर्नुपर्छ भन्ने भावना जागृत होस् भन्ने उदेश्यले स्वेच्छिक अधिकतम दुई सय रुपैयाँ मात्रै लिने भनेका थियौं,’ स्कुलका अध्यक्ष डा. सुरेन्द्रकुमार उप्रेतीले भने।

गोकर्णेश्वर नगरपालिकाको कोषमा स्कुल व्यवस्थापनबाट १ लाख ३७ हजार १ सय ३० रुपैयाँ र शिक्षक तथा कर्मचारीका तर्फबाट ६३ हजार ८ सय ७० रुपैयाँ सहयोग गरेको हो। जोरपाटी अत्तरखेलमा रहेको यो स्कुल कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन हुन्छ। चेल्सी इन्टरनेशलन एकेडेमीमा ए लेभलको अध्यापन हुने गर्छ। क्याम्ब्रिजको ए लेभल पढाईमा चेल्सी अब्बल मानिन्छ।