गुराँस लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई १ करोड २५ लाख रुपैयाँ बराबर प्रतिफल

बिजमाण्डू
२०८३ असोज २ गते १०:३२ | Sep 18, 2026
गुराँस लघुवित्तको लाभांश घोषणा, सेयरधनीलाई १ करोड २५ लाख रुपैयाँ बराबर प्रतिफल


काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

लघुवित्तका सेयरधनीले चुक्ता पुँजीको ९.५ प्रतिशतले हुन आउने १ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबर बोनस सेयर पाउनेछन्।

कम्पनीले कर प्रयोजनका लागि ०.५ प्रतिशतले हुन आउने ६ लाख ६१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। लघुवित्तको अहिले १३ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी छ।

कम्पनीको साधारण सभा र नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन्।