काठमाडौं । वीरगंजबाट भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका स्कुटरको बजार मूल्य ८० लाख रुपैयाँ रहेको बताइएको छ। ती स्कुटरहरुलाई वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।











