रोयल इन्फिल्डको हन्टर ३५० अब नयाँ रङ र भेरियन्टमा, मूल्य ५ लाख ११ हजारसम्म

बिजमाण्डू
२०८३ भदौ ३१ गते १५:०० | Sep 16, 2026
रोयल इन्फिल्डको हन्टर ३५० अब नयाँ रङ र भेरियन्टमा, मूल्य ५ लाख ११ हजारसम्म


काठमाडौं। रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ टरम्याक ब्ल्याक
भेरियन्टसँगै टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रङ थपेको हो।

Vigo
GBIME
Tata

नयाँ भेरियन्टमा एलोय ह्विल्स, डिजी एनालग, इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएस लगायत सुविधा छन्।

हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइक्लिङ’को मूल विशेषतालाई यसमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

दैनिक प्रयोगमा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले नयाँ भेरियन्ट ल्याइएको कम्पनीले जनाएको छ। यसमा हन्टरको मौलिक रोडस्टर डिजाइनलाई कायम राख्दै एलोय ह्विल्स, राउन्ड पियोर मट ह्यालोजन हेडल्याम्प, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल समावेश गरिएको छ।

सिंगल च्यानल एबीएस र स्लिप एण्ड असिस्ट क्लच पनि यसका प्रमुख विशेषता हुन्। यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ।

मुम्बई यल्लो र मुनसट ह्वाइट रङले ग्राहकलाई आफ्नो रुचि र शैलीअनुसार मोटरसाइकल छनोट गर्ने थप अवसर दिनेछ। मुम्बई यल्लो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रङ हो। चम्किलो पहेंलो फिनिसले मोटरसाइकललाई थप आकर्षक र युवा लुक दिएको छ।

त्यस्तै, मुनसट ह्वाइटमा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स र आकाशीय तत्व प्रयोग गरिएको छ। यसले हन्टर ३५० लाई फरक र व्यक्तिगत पहिचान दिने कम्पनीले जनाएको छ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले नयाँ भेरियन्ट र रङले ग्राहकलाई थप विकल्प दिनुका साथै हन्टर ३५० को बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिएको बताए।

कम्पनीले टरम्याक ब्ल्याक भेरियन्टको मूल्य ४ लाख ८७ हजार तथा मुम्बई यल्लो र मुनसट ह्वाइट रङमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ तोकेको छ।