काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) आजबाट सुरु हुँदैछ। केडिया ग्रुप आयोजक रहेको यो लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट लिग सुरु हुँदैछ।
पहिलो दिनको खेलमा आज मधेश वारियर्स र सगरमाथा स्म्यासर्स उद्घाटन खेलमा भिड्नेछन्। दोस्रो खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर्स भिड्नेछन्। आजको खेलबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ।
खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा आउनेछ। टिकट खल्ती वालेटबाट लिन सकिनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स छ।
प्रतियोगिताको कुल पुरस्कार रकम ३२ लाख रुपैयाँ रहेको र च्याम्पियन टोलीले २० लाख रुपैयाँ पाउनेछ। बाँकी १२ लाख उपविजेता लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीले पाउनेछन्।
६ टोलीको सहभागिता रहने यो प्रतियोगितामा राउण्ड रोबिनका आधारमा खेल हुनेछ। यसमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।














