नबिल बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०८३ भदौ १७ गते २०:०७ | Sep 2, 2026
नबिल बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक


काठमाडौं। नबिल बैंकले ५.५ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ।

GBIME
Tata

बैंकले नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।

बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिका वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। जसमध्ये २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

१६ लाख कित्ता ऋणपत्रमध्ये ५% अर्थात ६५,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने छ।