प्रधानमन्त्री बालेनले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै, बाढीको विषयमा केन्द्रित हुने



बिजमाण्डू
२०८३ भदौ १७ गते १२:०२ | Sep 2, 2026
प्रधानमन्त्री बालेनले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै, बाढीको विषयमा केन्द्रित हुने


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

Vigo
GBIME
Tata

बुधबार अपराह्न १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेनले भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीको विषयमा केन्द्रित भएर सम्बोधन गर्ने भएका हुन्।

बालेनले संसद्‍मा सम्बोधनका लागि समय उपलब्ध गराउन सभामुख डोलप्रसाद अर्याललाई भनिसकेको सभामुखको सचिवालयका एक सदस्यले जानकारी गराएका छन्। सभामुख अर्यालले संसद्‍मा विशेष प्रस्ताव प्रस्तुत गर्ने तयारी छ।