काठमाडौं। नेपाल बैंकमा तीन जना सञ्चालक फेरिएका छन्। अर्थ मन्त्रालयले शोभाकान्त पौडेल र अमृत लम्साललाई फिर्ता बोलाएर पिताम्बर भण्डारी र देवराज जोशीलाई बैंकको सञ्चालक समितिमा पठाएको छ।
जोशी मन्त्रालयका आर्थिक नीति विश्लेषण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन्।
यस्तै बैंकको सेयरधनी कर्मचारी सञ्चय कोषले जीवन कुमार कट्वालको ठाउँमा सुवाष खड्कालाई पठाएको छ। खड्का कोषमा प्रमुख प्रबन्धक हुन्। कट्वालले कोषबाट भदौ २ गते अवकाश पाएका थिए।









