नुवाकोटको त्रिशूली पारिको भूभाग जोडियो सडक सञ्जालमा, नदीको दायाँ किनारबाट बजारसम्म बाटो



बिजमाण्डू
२०८३ भदौ १५ गते १८:०६ | Aug 31, 2026
नुवाकोटको त्रिशूली पारिको भूभाग जोडियो सडक सञ्जालमा, नदीको दायाँ किनारबाट बजारसम्म बाटो


काठमाडौं। नुवाकोटको त्रिशूली पारिको भूभाग सडक सञ्जालमा जोडिएको छ।

Vigo
GBIME
Tata

गल्छी-त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।

सडक सञ्चालनमा आएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। अब बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत सहज हुनेछ।

त्रिशूली नदीमा रहेका पुल बाढीले बगाएपछि नुवाकोटको त्रिशूली पारिको भूभागमा यातायात सञ्जाल टुटेको थियो।