बाढीपछि अन्धकार बनेको रसुवाका तीन पालिकामा छैटौं दिनमा विद्युत आपूर्ति

बिजमाण्डू
२०८३ भदौ १५ गते १७:२१ | Aug 31, 2026
बाढीपछि अन्धकार बनेको रसुवाका तीन पालिकामा छैटौं दिनमा विद्युत आपूर्ति


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बाढीग्रस्त रसुवाका विभिन्न तीन वटा स्थानीय तहमा लगातारको प्रयासपछि छैटौं दिनमा बिजुली आपूर्ति गरेको छ।

GBIME
Tata

प्राधिकरणले कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा तथा गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा विद्युत् आपूर्ति गरेको हो।

भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले जलविद्युत आयोजना र अन्य पूर्वाधार बगाएपछि रसुवा अन्धकार भएको थियो।

प्राधिकरणले बाँकी क्षेत्रमा समेत विद्युत् सेवा यथाशीघ्र नियमित गर्न आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरेर काम गरिरहेको जनाएको छ।