सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा राहत कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग



बिजमाण्डू
२०८३ भदौ १५ गते १७:१६ | Aug 31, 2026
सिप्रदी र भोटेकोशी पावर कम्पनीद्वारा राहत कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग


काठमाडौं । सिप्रभ्या ग्रुप अन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।

Vigo
GBIME
Tata

उक्त रकम प्रभावित क्षेत्रहरुमा उद्धार, राहत, स्वास्थ्य उपचार, पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणमा प्रयोग हुने विश्वास कम्पनीको छ।

साथै, समूहको सामाजिक उत्तरदायित्व संस्था सिप्रदियन सहायता संस्थाले पनि प्रभावित परिवारहरूलाई खाद्यान्न र अत्यावश्यक सामाग्री प्रत्यक्ष रूपमा वितरण गरिरहेको जनाइएको छ।।