काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्तामध्ये नेपाली सेनाले बिहीबार हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ।
सेनाले रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरेको छ। तीमध्ये ८ जना विदेशी हुन्। उनीहरूमध्ये विदेशीलाई हेलिकप्टरमार्फत काठमाडौं र बाँकीलाई धुन्चे ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ।
रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका ७ जनाको उद्धार गरिएको छ भने अन्य तीनवटा टनेलमा उद्धार भइरहेको सेनाले जनाएको छ।
टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि सेनाले उद्धार गरेको छ।










