भोटेकोशी बाढीमा फसेकाहरुको उद्धार गर्न रसुवा र नुवाकोटका विपद् व्यवस्थापन समितिलाई १/१ करोड

बिजमाण्डू
२०८३ भदौ १० गते १३:३६ | Aug 26, 2026
भोटेकोशी बाढीमा फसेकाहरुको उद्धार गर्न रसुवा र नुवाकोटका  विपद् व्यवस्थापन समितिलाई १/१ करोड


काठमाडौं। सरकारले रसुवा र नुवाकोटका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल १/१ करोड दिने भएको छ। यस्तै धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उद्धारका लागि तीन जिल्लामा तत्काल तत्काल उपलब्ध गराउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बताए।