काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढी पछि राहत, उद्धार र खोजी कार्यका लागि निजी क्षेत्रले हेलिकप्टर परिचालन गरिरहेको छ।
७ वटा निजी क्षेत्रको हेलिकप्टरहरु अहिले प्रभावित क्षेत्रमा परिचालन गरेको छ।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र खाेजमा परिचालन हुन निजी हेलिकप्टरलाई अनुमती नचाहने निर्णय पनि गरेको छ। यसबाट उद्धारकार्यलाई बल पुग्ने विश्वास लिइएको छ।
आज बिहान आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा ठूलो क्षति पुगेको छ।











