धादिङ प्रशासनले भन्यो : त्रिशूली नदी आसपास नजानू, आवश्यक सावधानी अपनाउनु

बिजमाण्डू
२०८३ भदौ १० गते १०:०९ | Aug 26, 2026
धादिङ प्रशासनले भन्यो : त्रिशूली नदी आसपास नजानू, आवश्यक सावधानी अपनाउनु


काठमाडौं । तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेपछि रसुवामा ठूलो क्षति पुगेको छ। भोटेकोसी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजार र भन्सार बगाएको छ।

GBIME
Tata

रसुवामा बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ। भोटेकोशी बाढीको असर तटीय क्षेत्रमा व्यापक हुने पूर्वानुमान गर्दै सम्बद्ध जिल्ला प्रशासनहरुले सर्वसाधारणलाई सतर्क गराएका छन्।

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन भनेको छ।