कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले?



बिजमाण्डू
२०८३ भदौ ८ गते १९:०९ | Aug 24, 2026
कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले?


काठमाडौं। कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न २०औं वार्षिक साधारण सभा बोलाएको छ।

Vigo
GBIME
Tata

बैंकले यही भदौ ३१ गतेका लागि साधारण सभा आह्वान गरेको हो। बैंकले साधारण सभा प्रयोजनका लागि १८ गते बुक क्लोज मिति तोकेको छ।

भदौ १७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन्। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई
१५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ।