वायुसेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले गर्‍यो बदर



बिजमाण्डू
२०८३ भदौ ४ गते २३:०२ | Aug 20, 2026
वायुसेवा निगमका अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले गर्‍यो बदर


काठमाडौं। नेपाल वायुसेवा निगमका अध्यक्ष महेश्वरभक्त श्रेष्ठ पदमुक्त भएका छन्। सर्वोच्च अदालतले बिहीबार श्रेष्ठको नियुक्ति बदर हुने फैसला गरेको हो। फैसलासँगै श्रेष्ठ पदमुक्त भएका हुन्।

Tata
GBIME

न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले उपेन्द्रबहादुर कार्कीको रिटमा सुनुवाइ गर्दै श्रेष्ठको नियुक्ति बदर गरेको हो। कार्कीले असार ३२ गते नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

सञ्चालक समिति सदस्य नियुक्ति प्रक्रियामा सामेल भई सिफारिसको पहिलो नम्बरमा रहेका कार्कीलाई नियुक्त नगरी सरकारले पछिल्लो क्रममा रहेका श्रेष्ठ समेतलाई नियुक्त गरेको थियो। सोपछि अध्यक्षको जिम्मेवारी समेत तोकेको थियो।

प्रक्रिया अनुसार आफ्नो नियुक्ति नगरेको भन्दै कार्की सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगम तथा अध्यक्षमा नियुक्त श्रेष्ठ समेतलाई विपक्षी बनाइएको थियो।