मुक्तिनाथ विकास बैंकमा चाडपर्व लक्षित एसएमई कर्जा, बेस रेटमा प्रिमियम ०.५० प्रतिशत मात्र



बिजमाण्डू
२०८३ भदौ ४ गते ११:५५ | Aug 20, 2026
मुक्तिनाथ विकास बैंकमा चाडपर्व लक्षित एसएमई कर्जा, बेस रेटमा प्रिमियम ०.५० प्रतिशत मात्र


काठमाडौं। मुक्तिनाथ विकास बैंकले नजिकिएका चाडपर्वलाई लक्षित गरेर आफ्ना ग्राहकका लागि एसएमई कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ।

Tata
GBIME

बैंकले चाडपर्वका अवसरमा व्यवसाय विस्तार गर्नका लागि प्रोत्साहित गर्न भन्दै कृषि तथा एसएमई क्षेत्रमा बेस रेटमा ०.५० प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने निर्णय गरेको छ।

कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यो कर्जा सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ।