गगनले भने- पार्टीको महाधिवेशन प्रक्रिया सुरु भयो, अन्तिम मिति तलमाथि नहुने गरी तालिका आउँछ



बिजमाण्डू
२०८३ भदौ २ गते १५:२९ | Aug 18, 2026
गगनले भने- पार्टीको महाधिवेशन प्रक्रिया सुरु भयो, अन्तिम मिति तलमाथि नहुने गरी तालिका आउँछ


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया औपचारिक रुपमा सुरु भएको बताएका छन्।

Tata
GBIME

पार्टीको आधिकारिकता विवादलाई लिएर संस्थापनइतर पक्षले दायर गरेको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्न आदेश दिएपछि असोज तेस्रो साताका लागि तय महाधिवेशन के हुन्छ भन्ने अन्योल उत्पन्न भएकामा गगनले मंगलबार महाधिवेशन प्रक्रिया औपचारिक रुपमा सुरु भएको बताएका हुन्।

कांग्रेसले मंगलबार जिल्लाका प्रमुख निर्वाचन अधिकृतहरुलाई पार्टी कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा गगनले असोज १६ गतेबाट काठमाडौंमा महाधिवेशन हुने र अन्तिम मिति तलमाथि नहुने गरी कार्यतालिका आउने बताए।

‘आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो। असोज १६ गतेबाट काठमाडौंमा महाधिवेशन हुन्छ। अन्तिम मिति तलमाथि नहुने गरी कार्यतालिका आउँछ,’ उनले भने।