धनुषा डिष्टिलरीले आइपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

बिजमाण्डू
२०८३ साउन २८ गते १६:२२ | Aug 13, 2026
धनुषा डिष्टिलरीले आइपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त


काठमाडौं। धनुषा डिष्टिलरीले आइपीओ जारी गर्ने भएको छ।

GBIME
Tata

कम्पनीले जारी पुँजीको २० प्रतिशत आइपीओ बिक्री गर्ने भएको हो। मुक्तिनाथ क्यापिटलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीको जारी पुँजी भने खुलाइएको छैन।

आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यसै सन्दर्भमा कम्पनी र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा धनुषा डिष्टिलरीका अध्यक्ष किसनकुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सन् १९९८ मा स्थापना भएको कम्पनीले हाल मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का बिक्री गर्दै आएको छ।