भक्तपुरको मध्यपुर थिमिका ४२१ परिवारले नाप जाँच सकिएको ४ वर्षपछि पाए लालपुर्जा

बिजमाण्डू
२०८३ साउन २८ गते १४:०० | Aug 13, 2026
भक्तपुरको मध्यपुर थिमिका ४२१ परिवारले नाप जाँच सकिएको ४ वर्षपछि पाए लालपुर्जा


काठमाडौं। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-८ का ४२१ परिवारले नाप जाँच भएको करिब चार वर्षपछि जग्गाधनी पुर्जा पाएका छन्।

GBIME
Tata

भूमि समस्या समाधान समितिले ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्तीका ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

साविक निलवाराही गाउँ विकास समिति-२, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने वस्तीका स्वबासी जग्गाको नाप जाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो।

नाप जाँच भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया रोकिएको थियो। विगतमा नापनक्सा भइसकेको जग्गाको पुर्जा आवश्यक प्रक्रिया पूरा गरी ४२१ परिवारलाई वितरण गरेको समितिले जनाएको छ।