काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.२५ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्ष फि तथा कमिसनसँगै अन्य आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ५ अर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब २६ करोड रुपैयाँ थियो।
यस्तै, खुद फि कमिसन १ अर्ब ३६ करोड रुपैयाँबाट बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ११.०४ प्रतिशत देखिन्छ।
बैंकको निक्षेप १ खर्ब ९९ अर्बबाट बढेर २ खर्ब १२ अर्ब रुपैयाँ तथा कर्जा १ खर्ब ३४ अर्बबाट बढेर १ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा भने घटेको छ। अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको खराब कर्जा घटेर २.९२ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोष अनुपात ३.३७० प्रतिशत पुगेको छ।
बैंककाे प्रति सेयर आम्दानी १५.९८ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेकाे छ।









