काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच सेयर सूचीकरण सम्झौता भएको हो।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको ८६ लाख कित्ता साधारण सेयर नेप्सेमा थपिएको छ। कम्पनीले १०० रुपैयाँ दरमा सेयर बिक्री गरेकामा मंगलबार सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत सेयर मध्ये २५ लाख ८० हजार कित्ता (३० प्रतिशत) आइपीओ हो। बाँकी ६० लाख २० हजार कित्ता सेयर संस्थापक हो। संस्थापक सेयरमा तीन वर्षे लकइन अवधि लागू हुन्छ। उनीहरुले लकइन नखुलेसम्म सेयर बिक्री गर्न पाउँदैनन्।
कम्पनीको सूचीकृत सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।










