क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले दिन थाल्यो मार्जिन ट्रेडिङ सुविधा, यस्तो छ अफर



बिजमाण्डू
२०८३ साउन २५ गते १७:५६ | Aug 10, 2026
क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजले दिन थाल्यो मार्जिन ट्रेडिङ सुविधा, यस्तो छ अफर


काठमाडौं। क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज अर्थात स्टक ब्रोकर नम्बर ५० ले लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधा दिन सुरु गरेको छ।

Tata
GBIME

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्जले तोकेको कार्यप्रक्रिया बमोजिम मार्जिन ट्रेडिङ सेवा सोमबार सुरु गरेको हो।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित कम्पनीबाट मार्जिन ट्रेडिङको सुविधा लिन सक्नेछन्। कम्पनीले ३० दिनदेखि ६ महिनासम्मका लागि १० लाखदेखि २ करोडसम्मको ऋण योजना ल्याएको छ।