एनआरएन इन्फ्रास्ट्रक्चरले मलुन खोला जलविद्युत आयोजनामा १० करोड लगानी गर्ने

बिजमाण्डू
२०८३ साउन २० गते ११:०५ | Aug 5, 2026
एनआरएन इन्फ्रास्ट्रक्चरले मलुन खोला जलविद्युत आयोजनामा १० करोड लगानी गर्ने


काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले २१ मेगावाटको निर्माणाधीन आयु मलुन खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।

GBIME
Tata

कम्पनीले आयोजनाको संस्थापक सेयरमा १० करोड रुपैयाँ लगानी गर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले आयोजनाको १० लाख कित्ता संस्थापक सेयरमा प्रति कित्ता १०० रुपैयाँका दरले लगानी गर्ने निर्णय गरेको छ। आयोजना ओखलढुंगाको मोलुङ गाउँपालिकामा निर्माणाधीन छ।