अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल

बिजमाण्डू
२०८३ साउन १९ गते १४:२९ | Aug 4, 2026
अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल


काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासनका लागि एनआइएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

GBIME
Tata

अप्पर स्याङ्गे हाइड्रोपावरको चुक्ता पुँजी अहिले २२ करोड रुपैयाँको छ। हाइड्रोपावरले चुक्ता पुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

गत असोजमा कम्पनीको नवौं वार्षिक साधारण सभाले सतप्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव स्वीकृत गरेको थियो।