काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो।
नेपाल लाइफले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आएको छ। नेपाल लाइफले सूचीकरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भएको छ। लगानीकर्ताले बजारमा अब कारोबार गर्न सक्नेछन्।










