संकट परेपछि वालेनले खोजे राष्ट्रपति पौडेलको साथ, सम्बोधनलगत्तै भेट्न पुगे शीतलनिवास



बिजमाण्डू
२०८३ साउन १४ गते २१:३६ | Jul 30, 2026
संकट परेपछि वालेनले खोजे राष्ट्रपति पौडेलको साथ, सम्बोधनलगत्तै भेट्न पुगे शीतलनिवास


काठमाडौं। सुनसरी तथा मधेश प्रदेशका जिल्लामा हिंसात्मक घटना बढेपछि प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्। सुनसरी घटनाको चार दिनसम्म सामाजिक सञ्जालको सम्बोधनबाहेक चुप रहेका प्रधानमन्त्री शाह देशवासीलाई सम्बोधन गरेलगत्तै शीतलनिवास पुगेका हुन्।

Tata
GBIME

पौडेलले बोलाएपछि शाह भेट गर्न शीतलनिवास पुगेका हुन्। भेटमा राष्ट्रपतिले घटना र परिस्थितिबारेमा जानकारी लिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

भेटमा राष्ट्रपति पौडेललाई शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए। सो अवसरमा पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमपूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिएका थिए।

पौडेलसँग करिब १५ मिनेट भेटवार्ता गरेका शाहले सरकारले गरिरहेका काम कारबाही र तयारीबारे जानकारी गराएका थिए।

यस्तै शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्तामा पछिल्लो समसामयिक विषयमा कुराकानी भएको छ।