काठमाडौं। आइएमई खल्ती लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता नवीकरणमा १०० प्रतिशत क्यासब्याकको अवसर योजना ल्याएको छ।
कम्पनीका अनुसार खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्ने ग्राहकमध्ये १०० जनाले हरेक १५ दिनमा १००% क्यास ब्याक जित्ने अवसर पाउनेछन्।
यो योजना साउन मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता साउन १५ गतेभित्र नवीकरण गर्न भनेको छ। तोकिएको समयभित्र नवीकरण नगरे १६ गतेदेखि डिम्याट खाता रोक्का हुनेछ।
डिम्याट खाताका लागि वार्षिक १०० र मेरो सेयरका लागि वार्षिक ५० रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था छ।










