२३ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?



बिजमाण्डू
२०८३ साउन १४ गते १७:४० | Jul 30, 2026
२३ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?


काठमाडौं। सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो।

Tata
GBIME

मन्त्रिपरिषद्‌को निर्णयानुसार अर्थ मन्त्रालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालको गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ।

उनी गत वर्षको साउनमा राजस्व अनुसन्धानको महानिर्देशक बनेका थिए।

सुदूरपश्चिम प्रदेशको प्रदेश सचिव रहेका देवराज जोशी अर्थ मन्त्रालयमा सरुवा भएका छन्। त्यसैगरी राष्ट्रिय महिला आयोगबाट शंकरहरि आचार्य सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा गएका छन्।

सामान्य प्रशासनमा रहेका ध्रुव घिमिरेको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ। उपराष्ट्रपतिको कार्यालयबाट चिरन्जिवी पौडेल गृह मन्त्रालय पुगेका छन्। श्रवणकुमार पोखरेलको पनि गृह मन्त्रालयमा सरुवा भएको छ। उनी पनि सामान्य प्रशासन मन्त्रालयमै थिए।

योमेन्द्र उपाध्याय मधेश प्रदेश सचिवबाट महिला बालबालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन्।

विनोद लामिछानेको लुम्बिनी प्रदेशबाट सामान्य प्रशासनको अतिरिक्त समूह, राजेश गौतमको राष्ट्रिय योजना आयोगबाट लुम्बिनी प्रदेशमा सरुवा भएको छ।

हेर्नुहोस् सरुवा हुनेहरूको सूची