तराईमा आन्दोलन चर्किंदै जाँदा बालेनलाई अवस्था सामान्य हुँदै गएको ब्रिफिङ!



बिजमाण्डू
२०८३ साउन १४ गते १५:१७ | Jul 30, 2026
तराईमा आन्दोलन चर्किंदै जाँदा बालेनलाई अवस्था सामान्य हुँदै गएको ब्रिफिङ!


काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्‍ले सामाजिक सद्‍भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

Tata
GBIME

परिषद्‍को बिहीबार बसेको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै समन्वय प्रभावकारी बनाउने निर्णय गरेको हो।

बैठकमा साउन १० गते सुनसरीमा भएको घटनाको समीक्षा गर्दै राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ परिषद्का तर्फबाट गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

बैठकपछि परिषद्ले जारी गरेको विज्ञप्तिमा ‘भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्‍भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने’ उल्लेख छ।