काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनमा माग गरेकी छन्।
आज संसदमा उनले सुनसरीमा भएको झडपमा प्रहरीको गोली लागेर ज्यान जानु राज्यको कुशासन भएको आरोप लगाइन्।
‘गोलि ताकि ताकि हान्नु के यो कुशासन होइन? दम्भ होइन? तुरुन्तै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ उनले भनिन्।
साम्प्रदायिक घटनामा सरकार गम्भीर नभएको उनको आरोप छ। हिंसाका पछाडि एउटा मात्रै कारण नहुने सिद्धीकीले बताएकी छन्।
‘जातीय घटना एकल घटना होइन्न। यसका पछाडि बहुआयामिक कारणहरु जिम्मेवार छन्,’ उनले भनिन्।










