सुनसरी घटनाबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक



बिजमाण्डू
२०८३ साउन १२ गते २१:५६ | Jul 28, 2026
सुनसरी घटनाबारे छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

Tata
GBIME

बुधवार बिहान ८ बजे सिंहदरबारमा बैठक बोलाइएको रास्वपा महामन्त्री विपिन आचार्यले जानकारी दिए।

बैठकका लागि संसद्मा नेतृत्व गर्ने दल तथा मधेस केन्द्रित दलहरूलाई बोलाइएको छ। नेताहरूलाई लामिछाने आफैंले फोन गरेर बैठकमा आमन्त्रण गरेका छन्।

सुनसरी लगायत तराइका जिल्लाहरूमा हिन्दु र मुस्लिम समुदाय एक अर्कामाथि आक्रामक बनेर हिंसात्मक गतिविधि बढ्न थालेपछि लामिछानेले छलफलका लागि अग्रसरता लिएका हुन्। आजै लामिछानेले घटनाप्रति संवेदनशील बन्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका थिए।