सुनसरीको देवानगञ्जमा भइरहेको झडप नियन्त्रणमा लिने प्रयास जारी, बढाइयो कर्फ्यू



बिजमाण्डू
२०८३ साउन १२ गते २१:५३ | Jul 28, 2026
सुनसरीको देवानगञ्जमा भइरहेको झडप नियन्त्रणमा लिने प्रयास जारी, बढाइयो कर्फ्यू


काठमाडौं। सुनसरीको देवानगञ्जमा मंगलवार साँझदेखि दुई पक्षबीच झडप भएको छ।

Tata
GBIME

बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरु मंगलवार साँझ करिब ७ बजेपछि एकअर्काप्रति आक्रामक बनेका थिए। ८ बजेपछि झडप सुरु भएको हो।

‘हातहतियारसहितका दुई पक्षका मानिसहरुबीच झडप भइरहेको छ। यसमा हामीले ध्यान दिइरहेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले भने।

उनले तत्कालका लागि कर्फ्यु बढाएर झडपलाई नियन्त्रणमा लिन प्रशासनले प्रयास गरिरहेको बताए। जिल्ला प्रशासन कार्यालयले कर्फ्युको समय र क्षेत्र बढाएको छ।

इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगंतञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू लगाइएको हो।