कर्णाली प्रदेशमा साढे तीन वर्षमा तेस्रो मुख्यमन्त्री, कँडेलको ठाउँमा नेकपाका मंगलबहादुर शाही



बिजमाण्डू
२०८३ साउन १२ गते २०:०७ | Jul 28, 2026
कर्णाली प्रदेशमा साढे तीन वर्षमा तेस्रो मुख्यमन्त्री, कँडेलको ठाउँमा नेकपाका मंगलबहादुर शाही


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका छन्।

Tata
GBIME

एमाले र नेकपाबीच भएको सहमति अनुसार शाही मुख्यमन्त्री बनेका हुन्। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका छन्। शाहीले मंगलबार अपरान्ह ५ बजे प्रदेश प्रमुख जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। शाही २०७९ को निर्वाचनमा मुगु ख बाट निर्वाचित भएका थिए।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार शपथ लिने तय भएको छ। एमाले र (नेकपा)बीच प्रदेशमा सत्ता समीकरणका लागि साउन ९ गते सहमति भएको थियो।

कर्णालीमा यसअघि एमालेका यमलाल कँडेल मुख्यमन्त्री थिए। कँडेल २०८० चैत २८ गते मुख्यमन्त्री नियुक्त हुनुअघि त्यो पदमा तत्कालीन माओवादी एवं हालको नेकपाका राजकुमार शर्मा मुख्यमन्त्री थिए।