पाँचौं स्थानको खेलमा काजकिस्तानसँगको हारसँगै नेपाली भलिबल टिम सहभागिताको पुछारमा



बिजमाण्डू
२०८३ साउन १२ गते १३:०० | Jul 28, 2026
पाँचौं स्थानको खेलमा काजकिस्तानसँगको हारसँगै नेपाली भलिबल टिम सहभागिताको पुछारमा
खेलका क्रममा नेपाली खेलाडी। Photo: CAVA


काठमाडौं। नेपाली पुरुष भलिबल टोली काभा मेन्स भलिबल च्याम्पियनसिपमा छैटौं भएको छ। पाकिस्तानको इस्लामाबादमा भएको समूह चरणका सबै खेलमा पराजयपछि आज सम्पन्न पाँचौँ स्थानको खेलमा पनि नेपाल काजकिस्तानसँग पराजित हुँदै छैटौं बनेको हो।

Tata
GBIME

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, काजकिस्तान, बंगलादेश र उज्बेकिस्तान छन्। प्रतियोगितामा काजकिस्तान पाँचौँ र नेपाल छैटौँ हुँदै बाहिरिँदा बाँकी शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्।

नेपाल पहिलो खेलमा काजकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग ३-२ को सेटमा तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। चौथो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको नेपाल पाँचौँ खेलमा उज्बेकिस्तानसँग ३-० को सेटमा हार ब्यहोर्न पुग्यो।

आज सम्पन्न खेलमा काजकिस्तानले नेपाललाई ३-० को सेटमा हराउन सफल भयो। नेपालले पहिलो सेट २५-१८, दोस्रो सेट २५-२७ र तेस्रो सेट २५-१९ ले गुमायो।

लिग चरणको अंकतालिका। Photo: CAVA