नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा, हटाइयो १७ किलो र सिमल तालनजिकको पहिरो



बिजमाण्डू
२०८३ साउन ११ गते १६:१० | Jul 27, 2026
नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा, हटाइयो १७ किलो र सिमल तालनजिकको पहिरो


काठमाडौं। पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा आएको छ।

Tata
GBIME

सोमबार बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुंगासहित पहिरो खसेपछि बन्द भएको सडक पहिरो पन्छाएपछि पूर्णरुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनका इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

उनका अनुसार १७ किलोमा खसेको ढुंगा र सिमलताल नजिक खसेको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।