काठमाडौं। बंगलादेशी पूर्वकप्तान शकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। एनपीएल फ्रेन्चाइज पोखरा एभेन्जर्सले हसनले संस्करण पोखराबाट खेल्ने जनाएको छ।
आईपीएल, पीएसएल, बीबीएललगायत संसारभरीका लगभग सबैजसो ठूला लिग खेलिसकेका हसन टी-२० क्रिकेटका चर्चित नाम हुन्। टी-२० अन्तर्राष्ट्रियमा १२९ खेलबाट २५५१ रन बनाएका छन्। टी-२० मा ४७८ खेलबाट ७८५३ रन बनाएका उनी बलिङमा पनि उत्तिकै अब्बल छन्। उनले टी-२० अन्तर्राष्ट्रियमा १४९ तथा टी-२० मा ५१५ रन बनाएका छन्।
अघिल्लो संस्करणमा जिम्मी निशम पोखराको हेवीवेट खेलाडीका रुपमा थिए। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले अक्सनबाट सन्नी विके, विवेक राना मगर, सुदीप अर्याल, अर्जुन जिसी, प्रतिक पोखरले र विपिन आचार्यलाई लिएको थियो। त्यस्तै, सागर ढकाल, अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द र किरण ठगुन्नालाई रिटन गरेको थियो।
यसबाहेक अन्य टोलीले पनि खेलाडीको अनुबन्धन थालेका छन्। यसअघि लुम्बिनी लायन्सले नामिबियन देब्रेहाते पेसर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरिसकेको छ।










