काठमाडौं। नेपाली क्रिकेट टोलीले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो।
वर्षाका कारण खेलको टस हुनै ढिलाइ भएको थियो। यसअघिका दुई खेलमा टस हारेर नेपालले ब्याटिङ गरेको थियो।
नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ। बलर ललित राजवंशीको स्थानमा शीर्ष क्रमका ब्याटर भीम सार्की टोलीमा फर्किएका छन्। योसँगै ब्याटिङमै संघर्ष गरिरहेको नेपाल आज ब्याटिङ हेभी भएर मैदान उत्रँदैछ। यो परिवर्तनले स्पीन बलिङमा सन्दीप लामिछानेमा दवाब बढ्नेछ भने लगातार फ्लप रहेको ब्याटिङ लाइनलाई राहत मिल्नेछ।
नेपालको प्लेइङ ११
आशिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने










