डीपलको निभो क्यु०५ नेपाल आउँदै, डिजाइन र प्रविधिले बढायो चासो, बजारमा प्रतिस्पर्धा थपिने



बिजमाण्डू
२०८३ साउन १० गते १३:३९ | Jul 26, 2026
डीपलको निभो क्यु०५ नेपाल आउँदै, डिजाइन र प्रविधिले बढायो चासो, बजारमा प्रतिस्पर्धा थपिने


काठमाडौं। लक्जरी इभी ब्राण्ड डीपलको नयाँ इलेक्ट्रिक एसयुभी ‘निभो क्यु०५’ नेपाली बजारमा सार्वजनिक हुने तयारीमा छ। नेपालका लागि डीपल ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले इभीमा यो नयाँ मोडल बजारमा ल्याउने तयारी गरेको हो।

Tata
GBIME

अन्तर्राष्ट्रिय रूपमा पुरस्कृत डिजाइन, फराकिलो इन्टेरियर, अत्याधुनिक इन्टेलिजेन्ट प्रविधि र चीनमा प्रमाणित लोकप्रियताका कारण क्यु०५ लाई नेपाली बजारमा चासोका हेरिएको छ। कम्पनीका अनुसार यो केवल अर्को इलेक्ट्रिक एसयुभी नभई डिजाइन, कम्फर्ट, व्यवहारिकता र प्रविधिको सन्तुलित संयोजन भएको मोडल हो। यद्यपि नेपालमा उपलब्ध हुने भेरियन्ट, स्पेसिफिकेसन र मूल्यबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन।

क्यु०५ को बाह्य डिजाइन जर्मन अटोमोटिभ डिजाइनर क्लाउस जीसीओराको नेतृत्वमा तयार गरिएको हो। यसको डिजाइनले सन् २०२६ को प्रतिष्ठित ‘गोल्ड ए डिजाइन अवार्ड’ समेत जितिसकेको छ। आकर्षक लाइटिङ सिग्नेचर, सन्तुलित अनुपात र आधुनिक स्वरूपले यसलाई पहिलो नजरमै फरक बनाउने कम्पनीको दाबी छ।

२,७३५ मिलिमिटर ह्विलबेस भएको क्यु०५ ले कम्प्याक्ट एसयुभीको आकारमै ठूलो केबिन स्पेस र पर्याप्त लगेज क्षमता उपलब्ध गराउने बताइएको छ। यसले सहरी सडकमा सहज ड्राइभिङसँगै पारिवारिक यात्राका लागि आवश्यक आराम पनि दिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रविधिका हिसाबले पनि क्यु०५ प्रतिस्पर्धी मानिन्छ। चीनको भित्री मंगोलियास्थित याकेशीमा आयोजित सन् २०२६ ग्लोबल टेस्टिङ सिजनमा यसले न्यून घर्षणयुक्त बरफको सतहमा इन्टेलिजेन्ट ड्राइभिङ परीक्षण सफलतापूर्वक पूरा गरेको थियो। यो गाडीमा सीएटीएलको ब्याट्री र फास्ट चार्जिङ सुविधा उपलब्ध छ।

चीनमा यस वर्षको जुन अन्त्यसम्म क्यु००५ का ७६ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन्। कम्पनीले नेपालमा यसको आधिकारिक लन्चका क्रममा उपलब्ध हुने भेरियन्ट, फिचर, स्पेसिफिकेसन र मूल्य सार्वजनिक गर्ने जनाएको छ।