नेदरल्याण्ड्सले टस जित्यो : नेपाल पहिला ब्याटिङ गर्दै, यस्तो छ प्लेइङ ११



बिजमाण्डू
२०८३ साउन ७ गते १४:३८ | Jul 23, 2026
नेदरल्याण्ड्सले टस जित्यो : नेपाल पहिला ब्याटिङ गर्दै, यस्तो छ प्लेइङ ११
टसका दौरान नेपाल र नेदरल्याण्ड्सका कप्तान। तस्बिर: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिदेशीय सिरिजमा घरेलु टोली नेदरल्याण्डले टस जितेर पहिला फिल्डिङ रोजेको हो।

Tata
GBIME

नेदरल्यान्ड्सको उट्रेचस्थित काम्पोङ क्रिकेट मैदानमा नेपाल दोस्रो खेलबाट पहिलो जितको खोजीमा मैदान उत्रँदैछ। आजको खेलमा नेपालले एउटा परिवर्तन गर्दैछ। नन्दन यादवको स्थान आज ललित राजवंशीले लिएका छन्।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालका यसअघिका सिरिज र जर्सीसँगको अभ्यास खेलहरूमा सानदार लय देखाएका कुशल भुर्तेल, इशान पाण्डे, आरिफ शेखजस्ता खेलाडी फ्लप भइदिँदा नेपाल पहिलो खेलमै पराजित हुन पुगेको थियो।

नेदरल्याण्ड्सँगको पछिल्ला ५ खेल हेर्दा पल्ला नेपालतिरै भारी देखिन्छ। यसमा नेपालले पछिल्ला दुईसहित कुल तीन खेल जित्दा नेदरल्याण्ड्सले दुई खेल जितेको छ।

यद्यपि, यो सिरिज नेदरल्याण्ड्समै हुने भएकाले घरेलु टोलीसामू नेपाललाई सहज भने हुने छैन।

लिग-२ मा ८ टोली प्रतिस्पर्धामा रहेकोमा नेपाल हाल पाँचौँ स्थानमा छ। अब ७ खेल खेल्न मात्र बाँकी रहेको नेपाललाई शीर्ष चारमा रहँदै ग्लोबल क्वालिफायरदेखि एकदिवसीय मान्यता जोगाउनेसम्मको चर्को दबाब छ।

नेपाल पाँचौँ स्थानमा रहे पनि छैटौँ र सातौँ स्थानका नामिबिया र क्यानडाको पनि समान २४ अंक नै छ।

नेपालले लगातार खेल नजिते यही सिरिजमा उल्टै नामिबिया पनि नेपालभन्दा अघि जान सक्छ। यो सिरिजका बाँकी ३ वटै

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख,  गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी