काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्यांकन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन संचालन गर्न दिइरहेको छ।
२१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो।
कुन कुन सडकको अवस्था कस्तो ? (आज बिहान ६ बजेसम्म)
काभ्रेपलाञ्चोक / सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (वि.पि. राजमार्ग) संचालनमा पूर्ण रूपमा रोक लगाइएको छ।
काभ्रे / खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको। बिहान ४ बजे देखि बेलुका ६ बजे सम्म सम्पूर्ण सवारी साधनहरु संंचालन हुनेछ।
मकवानपुर कान्ति लोकपथ बर्षातको कारणअन्तर्गत चल्ने सबै किसिमका सवारी साधनहरुलाई रातिको समयमा रोक लगाईएको छ।
ललितपुरको कान्ति लोकपथ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ। बागमती गाउँ पालिका-३ भालुखोला स्थित अविरल वर्षातको कारण कान्ति लोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
त्यस्तै, इलामको मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ। राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।
अर्घाखाँची सालझन्डि ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। पाणिनी-२, ढुङ्ग्रेखोला स्थित सालझन्डि ढोरपाटन सडक खण्डमा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। भोटेकोशी -४, जिरोकिलो अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो। त्यस्तै, भोटेकोशी- २ कोदारी स्थित अरनिको राजमार्गमा ईकु पहिरोमा सडक माथिबाट ढुङ्गा माटो सहित लेदो खसि पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रुपमा अवरुद्ध छ। बेलबगर कालीगण्डकी करिडोर सडक खण्डमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो।
काभ्रेको विपि. राजमार्ग पनि पुर्ण रुपमा अवरुद्ध छ। रोशी-७ घुमाउने, रोशि-८ गिम्दी र रोशि-९ बिरुवा डाँडा र पिनथलीमा सडक माथीबाट पहिरो आउँदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो।
कोशी प्रदेशमा सवारी संचालनमा पूर्ण रूपमा रोक लगाइएका जिल्लाहरु
ईलाम- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
तेर्ह्रथुम- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म(जिल्लाका सबै मार्ग)
संखुवासभा – मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०४:०० बजे सम्म(जिल्लाका सबै मार्ग)
भोजपुर- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०४:०० बजे सम्म(जिल्लाका सबै मार्ग)
धनकुटा- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
पाँचथर- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
खोटाङ- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
सोलुखुम्बु- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका १९:०० बजे देखि बिहान ०५:०० बजे सम्म (सिद्दिचरण राजमार्ग,ओखलढुङगा तर्फ जाने)
बागति प्रदेशका सडक संचालनमा पूर्ण रूपमा रोक लगाइएका जिल्लाहरु
काभ्रे – मिति २०८३।०१।२२ गते बेलुका १८:०० बजे देखि बिहान ०५:०० बजे सम्म (बि.पी.मार्गा)
नुवाकोट- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २२:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
धादिङ- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २२:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
सिन्धुपाल्चोक- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २२:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
मकवानपुर- मिति २०८३।०४।०२ र ऐ.०३ गते बेलुका २०:०० बजे देखि बिहान ०५:०० बजे सम्म (जिल्लाका सबै मार्ग)
चितवन- मिति २०८३।०४।०२ गते बेलुका २२:०० बजे देखि अर्को सुचना प्रकाशित नभए सम्म रोक लागाइएको (नारायणगढ –मुग्लिङ-काठमाण्डौ)
सिन्धुली- मिति २०८३।०१।२२ गते बेलुका १८:०० बजे देखि बिहान ०४:०० बजे सम्म (बि.पी.मार्ग)
गण्डकी प्रदेशमा सवारी संचालनमा पूर्ण रूपमा रोक लगाइएका जिल्लाहरु
बेलुका ७ बजे देखि बिहान ०५ बजे सम्म गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु कास्की,गोरखा,स्याङजा,लमजुङ,बाग्लुङ,म्याग्दी जिल्लाबाट छुट्ने लामो दुरीका रात्रिकालिन सार्बजानिक सवारी साधनहरुलाई पुर्ण रुपमा रोक लगाइएको छ। बाँकी अन्य जिल्लाहरुबाट लामो दुरीका सवारी साधनहरु नछुट्ने भनिएको छ।








