चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको २० वर्षमा दुई हजार सेयर सदस्य, ७५ करोड निक्षेप



बिजमाण्डू
२०८३ साउन १ गते १४:४६ | Jul 17, 2026
चाइना ट्रेड बहुउद्देश्यीय सहकारीको २० वर्षमा दुई हजार सेयर सदस्य, ७५ करोड निक्षेप


काठमाडौं। चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले दुई हजार सेयर सदस्यलाई आवद्ध बनाएर ७५ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ।

Tata
GBIME

२०औं वर्षमा प्रवेश गरेको यो संस्था सुरुवातमा २९ जना संस्थापक सेयर सदस्यबाट सुरु भएको थियो। संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सहकारीको सिद्धान्तभित्र रहेर संस्थालाई अगाडि बढाएको बताउँदै त्यसले कठिन अवस्थामा पनि दिगो रुपमा अगाडि बढाउन सफल भएको दाबी गरे।

संस्थाले ३८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। न्यूरोडमा आफ्नै सुविधा सम्पन्न भवनमा अत्याधुनिक सेवा दिँदै आएको बताउँदै उनले सामाजिक उत्तरदायित्वको काम पनि गर्दै आएको जानकारी दिए।

उनका अनुसार काठमाडौं महानगरपालिका र वीर अस्पतालको सहकार्यमा ४० वर्षमाथिका पुरुषहरुको प्रोष्टेड क्यान्सर परीक्षणदेखि रक्तदानको कार्यक्रम समेत गरिएको छ।