सम्पत्ति विवरण सांसदले भदौ २९ भित्र पेस गर्नुपर्ने, स्रोत खुलाएर बुझाउन संसद् सचिवालयको आग्रह



बिजमाण्डू
२०८३ साउन १ गते १४:०० | Jul 17, 2026
सम्पत्ति विवरण सांसदले भदौ २९ भित्र पेस गर्नुपर्ने, स्रोत खुलाएर बुझाउन संसद् सचिवालयको आग्रह
प्रतिनिधि सभाका सांसद


काठमाडौं। संसद् सचिवालयले सांसदहरुलाई भदौ २९ गतेसम्म आफ्नो र परिवारका सदस्यको नाममा रहेको सम्पत्ति र त्यसको स्रोतको विवरण बुझाउन आग्रह गरेको छ।

Tata
GBIME

सचिवालयले सूचना निकालेर भदौ २९ सम्म सम्पत्ति विवरण बुझाउन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई आग्रह गरेको हो।

कानुनमा सरकारी ढुकुटीबाट तल सुविधा लिन कर्मचारी र पदाधिकारीले नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ।