काठमाडौं। निजी क्षेत्रसँग एक सातादेखि निरन्तर संवादमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले जुत्ता उद्योगीहरुलाई छलफलमा बोलाएका छन्।
उनले शुक्रबार जुत्ता उत्पादक संघका पदाधिकारीलाई डाकेका हुन्। संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र सांसद समेत रहेकी उद्योगी विदुषी राणालाई छलफलमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान साढे ११ बजे सुरु हुने छलफल स्वदेशी जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका विद्यमान चुनौती र नीतिगत सुधारका विषयमा केन्द्रित हुनेछ।








