तीन आर्थिक कसुर मुद्दामा दीपक भट्ट र शुलभ अग्रवालसँग अदालतले माग्यो करोडौं रुपैयाँ धरौटी



बिजमाण्डू
२०८३ साउन १ गते ०७:५० | Jul 17, 2026
तीन आर्थिक कसुर मुद्दामा दीपक भट्ट र शुलभ अग्रवालसँग अदालतले माग्यो करोडौं रुपैयाँ धरौटी


काठमाडौं। काठमाडौं जिल्ला अदालतले बीमा र धितोपत्रसम्बन्धी ३ फरक मुद्दामा प्रतिवादी दीपक भट्ट र शुलभ अग्रवालसँग करोडौं रुपैयाँ धरौटी माग गरिएको छ।

Tata
GBIME

जिल्ला न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले जारी गरेको आदेशमा विभिन्न मुद्दाअनुसार फरक-फरक धरौटी रकम तोकिएको हो।

अदालतका अनुसार यी मुद्दाको सुनुवाइ असार २४ गतेदेखि लगातार हुँदै आएको थियो। निरन्तर बहसपछि बिहीबार आदेश सुनाउँदै अदालतले धरौटी माग गर्ने निर्णय गरेको हो।

बीमा ऐन, २०७९ अन्तर्गतको कसुरसम्बन्धी मुद्दामा नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा शुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग डेढ करोड रुपैयाँ धरौटी माग गरिएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको अर्को मुद्दामा शुलभ अग्रवालसहित २ जना प्रतिवादी छन्। अदालतले अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गरेको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतकै अर्को मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित प्रकरण समेटिएको छ। यस मुद्दामा कम्पनीका लागानी समिति सदस्य सुजल मल्लसहित ६१ जना प्रतिवादी छन्। यो मुद्दामा अदालतले शुलभ अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र दीपक भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।