काठमाडौं। बिहीबार बसेको न्यायपरिषद्को बैठकले ५० जना उच्च अदालतका न्यायाधीशहरुको सरुवा सिफारिस गरेको छ। विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य तोक्न सिफारिश गरिएको छ। विशेष अदालतमा अध्यक्षमा रहेका सुदर्शन देव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ।
न्यायाधीश यमुना भट्टराईको उच्च अदालत पाटन, हेटौंडाबाट उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा सरुवा सिफारिस गरिएको छ।
न्यायाधीश उद्धव प्रसाद भट्टराइलाई उच्च अदालत पाटनमा ल्याइएको छ। उनी यसअघि उच्च अदालत विराटनगर, धनुकटा इजलासमा थिए।
त्यस्तै श्रम अदालतको न्यायाधीशमा दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ।








