महालक्ष्मी विकास बैंकको सीएसआर सहयोग विद्यालय केन्द्रित, कहाँका कुनले के पाए?



बिजमाण्डू
२०८३ असार ३२ गते १७:०० | Jul 16, 2026
महालक्ष्मी विकास बैंकको सीएसआर सहयोग विद्यालय केन्द्रित, कहाँका कुनले के पाए?


काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग गरेको छ।

Tata
GBIME

कैंकले झापाको मेचीनगरस्थित पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिकास्थित सल्यान सुखौरा माध्यमिक विद्यालय, हेटौंडास्थित वंशगोपाल आधारभूत विद्यालय र चितवनको नवदुर्गा आधारभूत विद्यालयलाई आधुनिक शौचालय निर्माणका लागि सहयोग गरेको छ। ती विद्यालयलाई रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको बैंकले जनाएको छ।

बैंकले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित कृष्ण आधारभूत विद्यालयका विद्यार्थीलाई ८० थान झोला वितरण गरेको छ। बराको जीतपुर सिमरास्थित सिमरा कलेजलाई १ थान ल्यापटप सहयोग गरेको बैंकले जनाएको छ।

बझाङको केदारस्यूँस्थित शिक्षोदय माध्यमिक विद्यालयका विद्यार्थीका लागि थर्मोमिटर, विपि सेट, प्राथमिक उपचार बाकस, स्ट्रेचर लगायत विभिन्न स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्नआर्थिक सहयोग गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

मकवानपुरको भीमफेदीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले पिउने पानीका लागि संरचना निर्माण गर्न आर्थिक सहयोग तथा रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयले बैंकबाट सेतो डिजिटल बोर्ड पाएका छन्।

त्यस्तै पाल्पाको रिब्दिकोट गाउँपालिकास्थित भैरवनाथ मन्दिरमा फोहोर व्यवस्थापन गर्न १० थान डस्टविन हस्तान्तरण गरिएको बैंकले जनाएको छ।