प्रधानमन्त्री बालेनले थाले राजनीतिक संवाद, राप्रपा अध्यक्ष लिङ्देनसँग सिंहदरबारमा छलफल



बिजमाण्डू
२०८३ असार ३२ गते १५:३८ | Jul 16, 2026
प्रधानमन्त्री बालेनले थाले राजनीतिक संवाद, राप्रपा अध्यक्ष लिङ्देनसँग सिंहदरबारमा छलफल


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक संवाद थालेका छन्। चैत १३ गते प्रधानमन्त्री नियुक्त भएयता संसद्‍मा समेत विरलै जाने गरेका बालेनले राजनीतिक संवादको थालनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताबाट गरेका छन्।

Tata
GBIME

उनले बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद गरेका छन्। बालेनले लिङ्देनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर समसामयिक राजनीतिक घटनाक्रम र मुलुकको पछिल्लो अवस्था संवाद गरेको उनको सचिवालयले जनाएको छ।

बालेनसँगको संवादमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद खुस्बु ओली पनि सहभागी थिए। बालेनले राजनीति दलसँग संवाद गरेको यो पहिलो पटक हो। उनले असार २४ गते निजी क्षेत्रसँग संवाद सुरु गरेका थिए।