राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरणसहित चारवटा विधेयक प्रमाणीकरण



बिजमाण्डू
२०८३ असार २६ गते ०७:१० | Jul 10, 2026
राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरणसहित चारवटा विधेयक प्रमाणीकरण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रपति पौडेलले बिहीबार ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।

त्यस्तै, उनले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पनि प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएमको छ।

संघीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए।